हेटौंडा । विश्व रक्तदाता दिवसको अवसरमा यही जेठ ३१ गते हेटौंडाको बुद्धचोकमा बृहत् खुला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ ।
खड्का समाज मकवानपुर र रक्तदाता समाज मकवानपुरको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाइटी (रक्त सञ्चार केन्द्र) मकवानपुरको सहकार्यमा बिहान ७ बजेदेखि कार्यक्रम सञ्चालन हुनेछ।
आयोजकहरूले सम्पूर्ण नागरिकलाई रक्तदान कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्। रक्त सञ्चार केन्द्रका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ र रक्तदाताहरूलाई खादा तथा प्रमाणपत्र प्रदान गरिनेछ।
रक्त अभाव न्यूनीकरण गर्दै मानव सेवाको भावना प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागी भई रक्तदान गर्न तथा अरूलाई पनि प्रेरित गर्न अनुरोध गरिएको छ।
प्रतिकृया दिनुहोस्















