हेटौँडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ। भाषा दिवसको अवसर पारेर उक्त दिन बिदा दिने निर्णय गरिएको हो।
प्रदेश सरकारद्वारा गत चैत २३ गते प्रकाशित सूचनाअनुसार, प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा वैशाख २४ गते बिहीबार सार्वजनिक बिदा दिइने भएको हो ।
उक्त दिन प्रदेशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संस्था तथा शैक्षिक संस्थाहरू बन्द रहनेछन्।
बागमती प्रदेश सरकारले २०८० साल वैशाख २४ गतेदेखि प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धी ऐन कार्यान्वयनमा ल्याउँदै सोही दिनलाई भाषा दिवसका रूपमा मनाउँदै आएको छ।
प्रतिकृया दिनुहोस्















