गृहमन्त्रीद्वारा प्रधानमन्त्रीलाई राजीनामा बुझाइयो

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सोमबार काठमाडौंमा भएको जेनजी आन्दोलनको घटनापछि पदबाट राजीनामा दिएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो राजीनामा बुझाएका हुन्।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उनले औपचारिक रूपमा राजीनामा पेश गरेका एक मन्त्रीले जानकारी दिएका छन्। प्रदर्शन हिंसात्मक रूप लिँदा कम्तीमा १९ जनाको ज्यान गएको घटनाप्रति नैतिक जिम्मेवारी लिँदै गृहमन्त्री लेखकले पद छाडेका हुन्।

राजीनामा दिने निर्णयबारे उनले पार्टी बैठकमै अडान सार्वजनिक गर्दै भनेका थिए, “नैतिक आधारमा म गृहमन्त्री पदमा बस्दिनँ।”

सरकार र पार्टीभित्र लेखकको कदमलाई संवेदनशील घटनाप्रति जिम्मेवारीपूर्ण निर्णयका रूपमा हेरिएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.