बागमतीलाई छिट्टै ‘मानवताको प्रदेश’ बनाइनेछः मुख्यमन्त्री बानियाँ

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई छिट्टै ‘मानवताको प्रदेश’ घोषणा गर्ने बताएका छन् ।

शुक्रबार हेटौँडामा सम्पन्न मानव सेवा आश्रमको १३ औँ वार्षिक साधारण सभामा सम्बोधन गर्दै उनले सडकमा आश्रयहीन, असहाय र विपन्न नागरिकलाई व्यवस्थापन गरेर बागमती प्रदेशलाई मानवताको उदाहरणीय प्रदेश बनाइने बताएका हुन् ।

मुख्यमन्त्री बानियाँले यसअघि दुई प्रदेशले सडक मानवमुक्त घोषणा गरिसकेको भन्दै अब तेस्रो नम्बरमा बागमती प्रदेशले मानवताको नाममा इतिहास रच्ने बताए । उनले मानव सेवा आश्रमले सुरु गरेको कार्यलाई प्रशंसा गरे ।

उनले मानव सेवा आश्रमको सेवा प्रदेशका १३ वटै जिल्लामा विस्तार गर्न सरकारले पूर्ण सहयोग गर्ने दृढता व्यक्त गरे । साथै आवश्यक परे संघीय सरकार मातहतका खाली भवन आश्रमलाई उपलब्ध गराउने पहल गर्ने उनले प्रतिबद्धता जनाए ।

“समाजलाई कसरी सुधार्ने र टुटेका मनलाई कसरी जोड्ने भन्ने विषयमा हामी सबैले सोच्नुपर्ने छ,” मुख्यमन्त्री बानियाँले भने, “यस अभियानमा प्रदेश सरकार दृढतापूर्वक साझेदार बन्नेछ ।”

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.