हेटौँडा । नेपाली कांग्रेसको बागमती प्रदेश सभा संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।
बुधबार हेटौँडामा भएको निर्वाचनमा आफ्ना प्रतिस्पर्धी बहादुर सिंह लामालाई ८ मतले पराजित गर्दै बानियाँ संसदीय दलको नेतामा निर्वाचित भएका हुन् ।
निर्वाचनमा कुल ३७ मत खसेको थियो । जसमा बानियाँले २२ मत, लामाले १४ मत प्राप्त गरेका थिए भने एक मत बदर भएको छ ।
बागमती प्रदेश सभामा कांग्रेसका ३७ सांसद छन् । संसदीय दलको बहुमत संख्या अर्थात् २२ मतसहित बानियाँ दलको नेता बनेका हुन् ।
प्रतिकृया दिनुहोस्

















