आज तुलसीको बिरुवा सारेर हरिशयनी एकादशी मनाइँदै

काठमाडौँ । आज असार शुक्ल एकादशी, सनातन हिन्दू धर्मावलम्बीहरूले तुलसीको बिरुवा सारेर विशेष श्रद्धाका साथ हरिशयनी एकादशी मनाइँदैछ । यस अवसरमा घर–घरमा तुलसीको बिरुवा मोठमा सारेर पूजाआराधना गरिन्छ ।

आजको दिनदेखि चार महिनासम्म भगवान् विष्णु क्षीरसागरमा शयनमा रहनुहुने विश्वास गरिन्छ । त्यसैले आजको दिनलाई हरिशयनी एकादशी भनिन्छ ।

आजदेखि कात्तिक शुक्ल एकादशीसम्म तुलसीको विशेष पूजा गरिन्छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीमा रोपिएको तुलसीको बिरुवा आज तुलसी मोठमा सारिन्छ ।

भगवान् विष्णुका प्रतीकका रूपमा तुलसीको पूजाआराधना गर्ने परम्परा वैदिक कालदेखि नै चल्दै आएको छ । चार महिने यो अवधिलाई चतुर्मास पनि भन्ने गरिन्छ । व्रत र पूजा गर्नेहरूका लागि चतुर्मास अत्यन्तै विशेष समय मानिन्छ ।

एक वर्षमा पर्ने २४ वटा एकादशीमध्ये चतुर्मासमा पर्ने आठ एकादशी अझ विशेष मानिन्छन् । सबै एकादशी व्रत गर्न नसक्नेहरू प्रायः हरिशयनी एकादशी र हरिबोधिनी एकादशीमा व्रत बसेर फलाहार मात्र ग्रहण गर्छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.