हेटौँडा । बागमती प्रदेश भु–उपयोग परिषद्को पहिलो बैठक सम्पन्न भएको छ । बुधबार बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्री शुकमाया तामाङको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
पहिलो बैठकबाट परिषद्का विज्ञ सदस्यहरु विष्णु प्रसाद ज्ञवाली र हरि प्रसाद सुवेदीलाई स्वागत गर्ने निर्णय गरिएको थियो । साथै, बैठकले भु–उपयोग परिषद्लाई व्यवस्थित बनाउन कार्यविधि निर्माण गर्ने निर्णय गरिएको परिषद्का अध्यक्ष एवम् उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्री शुकमाया तामाङले जानकारी दिइन् ।
बैठकले प्राविधिक समिति निर्माण गर्ने निर्णय गरिएको मन्त्री तामाङले जानकारी दिइन् ।
भु–उपयोग नीति, २०७२ अनुसार भू–उपयोग सम्बन्धी नीति, योजना र मापदण्ड कार्यान्वयन गर्न संघीय तहमा समेत संघीय भू -उपयोग परिषद् गठन गरिएको छ । प्रदेशमा भने स्थानीय तहले गरेको भुमी वर्गिकरणलाई परिवर्तन गर्न र प्रदेशबाट समन्वय गरेर संघमा पठाउनुका साथै भुमि वर्गिकरणको रोकिएका कामहरु गर्न प्रदेशमा प्रदेश भु–उपयोग परिषद् गठन गरिएको मन्त्री तामाङले जानकारी दिइन् ।

















