रोटरी सामुदायिक संघ हाँडिखोलाको अध्यक्षमा पुनः पौडेल

हेटौैँडा । रोटरी क्लब अफ हेटौँडा अन्तरगतको रोटरी सामुदायिक संघ हाँडिखोलाको अध्यक्षमा पुनः अम्बिका पौडेल चयन भएका छन् । संघको चौथो साधारणसभा तथा अधिवेशनबोट पुनः पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा बबिता लुईटेल, सचिवमा सुनिता पण्डित, कोषाध्यक्षमा सरिता सुवेदी, सदस्यहरुमा लक्ष्मी थापा, सानु सुनार, सुशिला बर्तौला, मिठु कार्की, पार्बती प्रजा, सुनमाया बल र शान्तादेवी बर्तौला चयन भएका छन् ।

कार्यक्रम रोटरी ईन्टरनेश्ल डिष्ट्रिक्ट ३२९२ का माईक्रो क्रेडिट डिष्ट्रिक्ट चेयर धिरजकुमार कार्की क्षेत्रीको प्रमुख आतिथ्य तथा अम्बिका पौडेलको सभाध्यक्षतामा भएको हो ।

कार्यक्रममा रोटरी ईन्टरनेश्ल डिष्ट्रिक्ट ३२९२ जोन ३७ का एसिस्टेन्ट गभर्नर रामप्रसाद शर्मा, रोटरी ईन्टरनेश्ल डिष्ट्रिक्ट ३२९२ को रोटरी सामुदायिक संघ समितिको सहसंयोजक ईन्द्र नेपाल, रोटरी क्लब हेटौंडाका पूर्व अध्यक्ष सुरेशराज पराजुली, अध्यक्ष प्रकाश ढकाल, निर्वाचित अध्यक्ष प्रमेश प्रधान, सचिव उमाप्रसाद रैनियार, सहकोषाध्यक्ष सुदर्शन ढकाल, पत्रकार अशोकसुजन श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो ।

रोटरी ईन्टरनेश्ल डिष्ट्रिक्ट ३२९२ मा १६२ क्लब अन्तरगत १२७ रोटरी सामुदायिक संघ रहेका छन् । जसमध्ये मकवानपुरमा हाँडिखोला र हेटौंडा उपमहानगरपालिका १५ गौरिटारमा चुरेशिखर गरी दुई वटा रोटरी सामुदायिक संघ रहेका छन्। दुई रोटरी सामुदायिक संघको ४५ वटा समूहमा करिब चार सय महिला आबद्ध रहेका छन् । उनीहरुले गाई, बाख्रा, कुखुरा, तरकारी खेती, सिलाईकटाई लगायतका उद्यम गरिरहेका छन् ।

५५ लाख बिऊ पुँजीबाट गरिब तथा विपन्न महिलालाई विना ब्याज सापटी रकम प्रदान गर्दै आईरहेको छ । सन् २०११ मा मकवानपुरमा रोटरी सामुदायिक संघ गठन भएको थियो । सय वटा देशमा ५४ लाख महिलासहित एक करोड व्यक्ति माईक्रो क्रेडिटमा आबद्ध रहेको बताईएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.