भिमफेदीको मण्डलादेवी प्राविलाई लायन्स क्लबको सहयोग

हेटौंडा । लायन्स क्लब अफ हेटौंडा स्मारकले मकवानपुरको एक प्राविलाई फम, कार्पेट र २५ थान चकटी सहयोग गरेको छ । लायन्स क्लबले आइतबार भिमफेदी ६ माण्डुमा रहेको श्री मण्डलादेवी प्राथमिक विद्यालयलाई उक्त सामाग्री सहयोग गरेको हो ।

स–साना बाबुनानीलाइ जाडोमा न्यानो भएर पठनपाठनमा सहजताको लागि उक्त सामाग्री सहयोग गर्ने अवसर मिलेकोमा लायन्स डिष्ट्रिक चिफ अन्जन दाहालले खुसी व्यक्त गरे ।

लायन जीवन छत्कुलीको संयोजकत्व तथा लायन्स डिष्ट्रिक एक्जुकेटिभ चिफ प्रल्हाद मिश्रको प्रमुख आतिथ्यता रहेको सामाग्री हस्तान्तरण कार्याक्रममा , लियो जिल्ला उपाध्यक्ष सुशान्त खतिवडा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिर्घ सिं वाईबा र विद्यालय प्रधानाध्यापक अनिशा डोटेल लगायतको उपस्थिति थियो ।

कार्यक्रम लायन्स क्लब अफ हेटौडा स्मारक अध्यक्ष लायन अन्जन प्रसाद पौडेलको सभाध्यक्षतामा सम्पन्न भयो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.