बिहानै ट्रक पल्टिँदा कान्तिलोकपथ अबरुद्ध

मकवानपुर । बकैया गाउँपालिका–११ लेनडाँडा स्थित कान्तिलोकपथ सडकखण्डमा शुक्रबार बिहान मिनि ट्रक दुर्घटना हुँदा बाटो पूर्ण रूपमा अबरुद्ध भएको छ ।

शुक्रबार बिहान करिब ४:४५ बजेतिर बारा जिल्लाबाट परालको भुस लोड गरी काठमाडौंतर्फ जाँदै गरेको मधेश प्रदेश–०३–००२ ख १३६५ नम्बरको मिनि ट्रक खाल्डाखुल्डीमा चिप्लिएर अनियन्त्रित भई बीच सडकमा नै पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनापछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको र सवारी साधन हटाउन क्रेनको सहयोगमा कार्य भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मानवीय क्षति नभएको बताइएको छ ।

ट्रक चालक बारा कोल्बी नगरपालिका–४ बस्ने २४ वर्षका समिर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनास्थल इलाका प्रहरी पोष्ट जितपुरभञ्ज्याङबाट करिब ४ किलोमिटर पूर्व पर्दछ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.