मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५, स्थित पुष्पलाल पार्क अगाडि आज बिहान स्कुटर दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।
विहान ८ बजेको समयमा आफैले चलाएको स्कुटर दुर्घटना हुँदा नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, बागमती प्रदेश ०३–००१ प ५८०७ नम्बरको स्कुटर ब्रेकफेल भएर अनियन्त्रित भई दुर्घटना भएको हो । गम्भीर घाइते अध्यक्ष पोखरेललाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ।
टाउको, निधार तथा दायाँ हातमा चोट लागेको उनलाई तत्कालै उद्दार गरी हेटौंडा अस्प्तालमा लगिएको र आइसीयूमा राखेर उपचार भइरहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए । घाइते पोखरेल हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४, कमलडाँडा निवासी हुन् ।

















