हेटौंडा । मकवानपुरको राक्सिराङमा ब्रेक फेल भएर बोलेरो पिकअप गाडी दुर्घटना हुँदा एकजना पुरुष गम्भीर घाइते भएका छन् ।
आइतबार दिउँसो २:३० बजे राक्सिराङ–५, चाक्ले बगर स्थित भित्री सडक खण्डमा मनहरीतर्फ आउँदै गरेको सु.प.प्र. ०१–००१ च २९४६ नं. को बोलेरो पिकअप गाडी ब्रेक फेल भएर रोडबाट अन्दाजी ३/४ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
शरिरको विभिन्न भागमा चोट लागेर गम्भिर घाईते भएका अन्दाजी ३५/४० वर्षीय पुरुष सहित बोलेरोमा ८ जना सवार मध्ये १ जनाको हालसम्म परिचय नखुलेको प्रहरीले जनाएको छ।
उनलाई उपचारको लागी मनहरीतर्फ पठाइएको र बोलेरोमा सवार अन्य सकुसल रहेको जनाएको छ। प्रहरीका अनुसार बोलेरो घटनास्थलमा नै रहेको र चालकको खोजतलास भइरहेको छ ।
प्रतिकृया दिनुहोस्

















