मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटासमक्ष प्रदेश लोकसेवा आयोगले प्रतिवेदन बुझाएको छ ।
प्रदेश लोक सेवा आयोग ऐन¸२०७६ को दफा ११२ बमोजिम आयोगले प्रदेश प्रमुख समक्ष कार्यप्रगतिको प्रतिवेदन बुझाएको हो ।
प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठ, प्रदेश सचिब तुल्सिनाथ गौतमलगायतको उपस्थितिमा प्रदेश लोकसेवा आयोगले आर्थिक वर्ष २०८१०८२ मा सम्पादन गरेको काम कारबाहीहरु समेटेर तयार गरिएको छैटौं वार्षिक प्रतिवेदन पेश गरेको हो ।

कार्यक्रममा प्रदेश लोकसेवा आयोगका सदस्यहरूको समेत उपस्थिति रहेको प्रदेश कार्यालयका प्रवक्ता देबेन्द्र सापकोटाले बताए ।

प्रतिकृया दिनुहोस्















