हेटौंडामा टिभिएसप्रति बढ्दो आकर्षण, विशेष एक्सचेञ्ज म्यानिया शुक्रबारसम्म

मकवानपुर । हेटौंडामा टिभिएसको मोटरसाईकल र स्कुटरप्रति ग्राहकहरुको आकर्षण बढेको छ । टिभिएसको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रा.लि.ले हेटौंडा अटोमार्टसंगको समन्वयमा हेटौंडामा सञ्चालन भईरहेको विशेष एक्सचेञ्ज म्यानियामा ग्राहकको आकर्षण बढेको हो ।

आईतबारदेखि हेटौंडाको कफिबार अगाडि सञ्चालन भईरहेको विशेष एक्सचेञ्ज म्यानियामा लक्ष्य अनुसार सवारीसाधनको खरिद बिक्री भईरहेको हेटौंडा अटोमार्टका सञ्चालक प्रवेशराज बरुवालले बताए । उनले बिशेष एक्सचेञ्ज म्यानिया असोज १३ गते शुक्रबारसम्म सञ्चालन हुने बताए ।

एक्सचेन्ज म्यानियामा सबैभन्दा बढी एन्ट्रक स्कुटरको बिक्री भएको त्यसपछि अपाचे (१६०), सिसि र रोनिन (२२५ सिसि) प्रति ग्राहकको आकर्षण रहेको बरुवालले बताए । एक्सचेन्ज म्यानियामा जुनसुकै कम्पनीको पुरानो मोटरसाइकलसंग टिभिएसको मोटरसाईकल र स्कुटर एक्सचेञ्ज गर्न सकिने जगदम्बाले जनाएको छ ।

एक्सचेञ्ज म्यानियामा जुनसुकै पुरानो मोटरसाइकलको कम्तिमा ३० हजार मुल्यांकन र १० हजार थप मुल्यांकनसहित मोटरसाइकल तथा स्कुटर खरिदमा कम्तीमा ८ हजार छुटका साथै शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुबिधा रहेको समेत हेटौंडा अटो मार्टले जनाएको छ ।

विशेष एक्सचेञ्ज म्यानिया कार्यक्रम अन्तरगत मोटरसाईकल वा स्कुटर खरिद गर्नेलाई हेलमेट, बाईक कभर, ल्यापटप ब्याग निशुल्क उपलब्ध गराईनुका साथै सवारी साधनको लाईफटाईम वारेन्टीको ब्यवस्था रहेका हेटौंडा अटोमार्टका अर्का सञ्चालक कञ्चन बुढाथोकीले बताए ।

टिभिएसको विशेष एक्सचेञ्ज म्यानिया कार्यक्रममा केही नयाँ मोडलहरु समेत सार्वजनिक हुदैंछन् । जस अन्तरगत रोनिन अनलिमिटेड मोर्डन, मिडनाईट ब्लु रंगको मोटरसाईकलको बुकिङ खुल्ला गरेको छ । जसको मूल्य ४ लाख ५९ हजार ९०० रहेको हेटौंडा अटोमार्टले जनाएको छ ।

यसैगरी, एन्ट्रक स्कुटर दुई नयाँ रंगमा उपलब्ध रहेको अटोमार्टले जनाएको छ । फिरोजी निलो (समुन्द्री निलो) र नार्डो खैरो रंगमा उपलब्ध स्कुटरको मूल्य २ लाख ८२ हजार ९०० रहेको छ । त्यस्तै, ६० किलोमिछर माईलेज भएको जुपिटर ११० सिसिको स्कुटर पनि एक्सचेन्ज क्याम्पमै उपलब्ध हुने अटो मार्टले जनाएको छ । जसको मूल्य २ लाख ५७ हजार ९०० रुपैया रहेको टिभिएसले जनाएको छ ।

टिभिएसले ग्राहकहरूको सहजताको लागि नागरिकताको प्रमाणपत्र र लाइसेन्सको आधारमा सरल किस्ताबन्दी सुविधा समेत उपलब्ध गराएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.