तामाङ पत्रकारिता पुरस्कार–२०८२ बाट सन्देशकर्मी सम्मानित

हेटौंडा । हेटौंडा सन्देशकर्मी सोमबहादुर घलान  (भुवन) सम्मानित भएका छन् । ३१ औँ तामाङ प्रसारण दिवसका अवसरमा तामाङ पत्रकारिता पुरस्कार–२०८२ बाट मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ निवासी घलान सम्मानित भएका हुन् ।

तामाङ पत्रकार संघ बागमती प्रदेश समिति र तामाङ पत्रकार संघ मकवानपुरको आयोजनामा हेटौंडामा आयोजित अन्तरक्रिया तथा पुरस्कार वितरण समारोहमा उनलाई सम्मान गरिएको हो । घलान  सन्देशसहित विभिन्न मिडियामा आबद्ध छन् ।

यस्तै, सो क्रममा नुवाकोट जिल्लाको ककनी गाउँपालिका–७ चतुराले निवासी पत्रकार अर्जुनबहादुर ग्लान तामाङ पनि सम्मानित भएका छन् । उनलाई आईते सिं–बुद्धिमाया रुम्बा स्मृति तामाङ पत्रकारिता पुरस्कार २०८२ बाट सम्म्मान गरिएको हो ।

कार्यक्रम संस्कृति तथा पर्यटन मन्त्रालय बागमती प्रदेश हेटौंडाको सहकार्यमा भएको हो । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको थियो ।

सो क्रममा बोल्दै प्रमुख  अतिथी बानियाँले भाषा, धर्म र संस्कृतिको नाममा राजनीति गर्न नहुने बताए । उनले यस्ता संवेदनशील विषयलाई राजनीतिक लाभहानीको माध्यम बनाउँदा समाजमा विभाजन आउने खतरा रहेको औँल्याउदै बागमती प्रदेश सरकार भाषा संरक्षणमा प्रतिबद्ध रहेको दावी गरे ।

साथै मुख्यमन्त्री बानियाँले स्वर्गीय पिता क्षेमबहादुर बानियाँ र दाई राजकुमार बानियाँको सम्झनामा तामाङ पत्रकार संघ बागमती प्रदेशलाई दुई लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका थिए  । बानियाँले आफ्नै व्यक्तिगत रकम सहयोग गरेका हुन् ।

कार्यक्रममा प्यानल छलफल समेत भएको थियो । मकवानपुरको कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तान, नेपाल तामाङ घेदुङका केन्द्रीय कार्यसमिति सदस्य मेम्बर लो, संस्कृतिक तथा पर्यटन मन्त्रालय बागमती प्रदेशका सचिव दीपेन्द्र सुवेदी, मकवानपुरका वरिष्ठ पत्रकार प्रताप विष्ट, नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर वक्ताका रुपमा रहेका थिए ।

कार्यक्रम संघका बागमती प्रदेश अध्यक्ष ज्ञानेन्द्र तामाङको अध्यक्षतामा भएको हो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.