पार्टी विवादबीच लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिने, आजै पत्र बुझाउने तयारी

file-photo

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज पदबाट राजीनामा दिने भएका छन् । पार्टीभित्रको विवादबीच मुख्यमन्त्री पदबाट राजीनामा दिन दबाब खेपेका लामाले आज बिहान हेटौँडा आएर राजीनामा दिने निश्चित भएको कांग्रेस बागमतीको संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले जानकारी दिए ।

९ साउनमा लामा विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर भएको थियो । उनी १४ साउनमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजित भएका थिए । दलको नेतामा भएको निर्वाचनमा पराजित भएपछि मुख्यमन्त्री पदबाट राजीनामा नदिने भन्दै अडान कायमै राखेका थिए । दबाबकै बिच हुने मुख्यमन्त्री पदबाट राजीनामा दिने निश्चित भएको दलका उपनेता चित्रकारले बताए ।

उनका अनुसार, शनिवार कांग्रेस सभापति शेरबहादुर देउवासँग बानियाँ र लामाले संयुक्त छलफल गरेका थिए । छलफलमा सहभागी दलका उपनेता चित्रकारले सभापतिसहितको भेटपछि राजीनामा दिन लामा तयार भएको हो ।

मुख्यमन्त्री लामाको प्रस्तावअनुसार आफूले १४ साउनमा नियुक्त गरेका तीन जना मन्त्रीलाई सपथ गराउनु पर्ने र लामा पक्षसँगको सहमतिमा सरकार सञ्चालन गर्नुपर्ने दुई बुँदामा सहमति भएपछि मार्गप्रशस्त गर्न तयार भएको चित्रकारको भनाई छ ।

लामाले यसअघि कांग्रेस बागमती प्रदेशसभाका प्रमुख सचेतकसमेत रहेका गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरूङलाई मन्त्री नियुक्त गरेका थिए । उनीहरूको गत बुधवार नै शपथको तयारी गरेपनि सत्ता साझेदार दल नेकपा एमालेको असहमतिमा सपथ ग्रहण रोकिएको थियो । त्यसको भोलिपल्ट बिहीवार १ बजे सपथ तय भए पनि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा आकस्मिक रूपमा बिरामी भएर काठमाडौं हिँडेपछि शपथ रोकिएको थियो ।

उपनेता चित्रकारले काठमाडौंमा उपचार गराइरहेका प्रदेश प्रमुख देवकोटा आइतबार हेटौँडा फर्किए उनलाई राजीनामा बुझाउने र उनी हेटौँडा नफर्किए पनि कार्यालयमा राजीनामा पत्र दर्ता गरिने बताए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.