हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१६ सिपालिचोकस्थित धरान–चतरा सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री घाइते भएका छन्।
बुधबार साँझ करिब ७:०५ बजे ठुलोदमारबाट हेटौंडा बजारतर्फ जाँदै गरेको BAGMATI AAB 2561 नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका स्थानीय ५४ वर्षीय वीरबहादुर रोका लाई ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा घाइते रोका को टाउको, दाहिने कुम, दाहिने हात तथा दुवै खुट्टामा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको र उपचारका लागि हेटौंडा अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ।
घाइतेको उपचारमा उनकी बुहारी जेनिसा रोका संलग्न रहेकी छन्। दुर्घटनामा संलग्न मोटरसाइकल तथा चालक बागमती गाउँपालिका–७ धन्साइ बस्ने २४ वर्षीय प्रदीप घलानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
प्रतिकृया दिनुहोस्













