मकवानपुरको सिस्नेरीमा ट्रक दुर्घटना

मकवानपुर । मकवानपुर इन्द्रसरोवर गाउँपालिका–३ भालटारस्थित कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्डमा आज बिहान ट्रक दुर्घटना भएको छ।

आज बिहान करिब ८:४० बजेको समयमा काठमाडौँबाट हेटौँडा तर्फ आउँदै गरेको म.प्र.०३–००२ ख ४१६७ नम्बरको खाली ट्रक ब्रेक फेल भई सडकबाट करिब २० फिट तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मानवीय क्षति नभए पनि ट्रकमा सामान्य क्षति भएको बताइएको छ । दुर्घटनाको जानकारी पाएपछि प्रहरी चौकी सिस्नेरी मकवानपुरका प्रहरी सहायक निरीक्षक रामप्रसाद यादवको कमाण्डमा टोलि घटनास्थलमा खटिएको थियो।

उक्त स्थान प्रहरी चौकी सिस्नेरीबाट करिब १ किलोमिटर पूर्वतर्फ पर्छ। ट्रक चालक चितवनको कालिका नगरपालिका–८ का २८ वर्षीय अनमोल मगरलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.