गढीमा सहिद स्मृति खुल्ला एट ए साइट फुटबल हुने

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सहिद रुद्र पाख्रिन तथा बासुदेव घिमिरे स्मृति खुल्ला एट ए साइट फुटबल प्रतियोगिता हुने भएको छ । आयोजकले प्रतियोगिताको विषयमा शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

यहि चैत्र २७ गते देखि प्रतियोगिता हुनेछ । मकवानपुरगढी २ स्थित कुर्लेदमार चौरमा खेल हुनेछ । आयोजक खेलकुद विकास समितिका अध्यक्ष बाबु स्याङ्तानका अनुसार प्रतियोगितालाई व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन तयारी तीव्र बनाइएको छ ।

प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकास, युवाहरूमा खेलप्रति आकर्षण वृद्धि तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने उद्येश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । समितिका सदस्य विक्रम योन्जनका अनुसार प्रतियोगिताको विजेता टोलीले १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

अन्य विधागत उत्कृष्ट खेलाडीहरूलाई नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ । खुला रूपमा सञ्चालन गरिने यस प्रतियोगितामा विभिन्न स्थानबाट टोलीहरूले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिता सञ्चालनको लागि मकवानपुरगढी गाउँपालिकाले ५ लाख रुपैँया बजेट बिनियोजन गरेको छ । प्रतियोगिताका लागि करिब ७ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.