माओवादी अध्यक्ष प्रचण्ड बागमती गाउँपालिका आउँदै

हेटौंडा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोली शनिबार मकवानपुरको बागमती गाउँपालिका आउने भएका छन् । भोलीबाट सुरु हुन लागेको सातौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता उद्घाटनका लागि उनी यहाँ आउन लागेका हुन् ।

बागमती गाउँपालिका खेलकुद विकास समितिको निम्तोलाई स्वीकार्दै उनी प्रतियोगिताको उद्घाटनका लागि आउने भएका हुन् । प्रचण्डको प्रमुख आतिथ्यतामा हुन लागेको बागमती गोल्डकपको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

नेकपा माओवादी मकवानपुरका पूर्व संयोजक समेत रहेका सर्केश घलान ‘मधु’ले यस बागमती गाउँपालिकाको नेतृत्व गरिरहेका छन् । बागमती गोल्डकपको उद्घाटनमा प्रायः माओवादीका नेताहरु नै आउने गरेका छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.