माघ १६ देखि प्रथम हेटौंडा–१२ वडा अध्यक्ष कप भलिबल प्रतियोगिता हुने

हेटौंडा । हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडामाा माघ १६ देखि १९ गतेसम्म प्रथम ‘हेटौंडा–१२ वडा अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता–२०८१’ हुने भएको छ । टौंडा–१२ खेलकुद विकास समितिको आयोजना, हेटौंडा–१२ नम्बर वडाको सहयोग तथा नारायणी कलेजको मुख्य प्रायोजनमा प्रतियोगिता हुने भएको हो ।

तियोगिताका संयोजक मनोज लामाले भलिबल खेलको विकास,विस्तार प्रर्बद्धन गर्नुका साथै खेलाडि बीच सद्भाव बढाउने उदेश्यले खेल आयोजना गरिन लागिएको जानकारी दिए ।  ‘हेटौंडा उपमहानगरालिकामा भलिबल खेल लोप हुँदै गएको छ ।

यसरी खेल मार्फत खेलाडिको प्रतिभा प्रष्फुटन गराउनुका साथै, राष्ट्रिय खेल भलिबलको संरक्षण गर्नुनै हाम्रो मुल उदेश्य हो’ । उनले भने । हेटौंडा –१२ स्थित श्री बुद्ध मा.वि. हात्तिगौंडामा हुने खेलमा नगरका १९ वटै वडाबाट इचछुक खेलाडिहरुले सहभागिता जनाउन सक्नेछन् ।

खेललाई स्तरिय बनाउन प्रत्येक टिमले आफनो वडा भन्दा बाहिरका कम्तिमा ३ जना खेलाडिहरु समावेश गराउन सक्ने आयोजकले जनाएको छ । प्रत्येक टिममा १६ जना खेलाडिका साथ १/१ जना टिम प्रशिक्षक र टिम मेनेजर गरी जम्मा १४ जना सहभागि हुन पाउनेछन् । प्रतियोगिातामा प्रथम हुने टिमलाई ५० हजार, द्वितिय हुनेलाई ३० हजार नगद पुरस्कार राशिको व्यवस्था रहेको छ ।

४ दिनसम्म हुने प्रतियोगितामा स्थानीय कलाकारहरुको नृत्य प्रस्तुतिसमेत हुनेछ । साथै प्रतियोगिता सम्पन्न गर्न ३ लाख लागत लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.