हेटौंडामा १० पुषबाट प्रदेश लिग फुटबल प्रतियोगिता हुने

हेटौंडा । बागमती प्रदेश लिग फुटबल प्रतियोगिता बागमती प्रदेशमो राजधानी हेटौंडामा हुने भएको छ । १० पुषबाट हेटौंडाको क्याम्पा पिप्ले रंगशालामा प्रतियोगिता हुने बागमती प्रदेश फुटबल संघले मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

दोश्रो संकरणको उक्त प्रतियोगितामा बागमतीका ११ जिल्लाका लिग च्याम्पियनहरुले सहभागि जनाउने आयोजकले जनाएको छ। यस्तै, सोही दिन संघले लिगको टाईसिट सार्वजनिक गरेको छ ।

लिगमा नकआउट अवधारणामा हुने प्रतियोगिताको फाइनलिस्ट दुईवटा टिमले एन्फाले आयोजना गर्ने राष्ट्रिय फुटबल लिगमा सहभागिता जनाउने संघका कार्यबाहक अध्यक्ष राजिव बस्नेतले बताए । प्रतियोगितामा बिजेता तथा उपविजेताले नगद २ लाख र एक लाख शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा ३१ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ ।

लिगमा यो वर्ष मकवानपुरबाट पदमपोखरी युवा क्लब, बिएफसी चितवन, धुनिवेशी युथ समाज धादिङ, बट्टर युथ क्लब नुवाकोट, चित्लाङ फुटबल क्लब काठमाडौं, थिमी युथ क्लब भक्तपुर, माउन्ट एभरेस्ट एफसी काभ्रे, चौतारा स्पोर्टिङ सिन्धुपाल्चोक, टाइगर टिम दोलखा, ब्लु अल्पाइन सिन्धुली र ललितपुरको क्लबहरु सहभागी हुनेछन् ।

पत्रकार सम्मेलनमा बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव दिपक लामाले ट्राइसिट सार्वजनिक गरेका थिए । गत वर्षको पहिलो संकरणको विजेता जिल्ला धादिङ रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.