हेटौंडामा यू-१५, ८ ‘ए’ साइड फुटबल प्रतियोगिता हुने, २० टिम सहभागी 

हेटौंडा । हेटौंडामा यू–१५ ‘८ ‘ए’ साइड फुटबल च्याम्पियनसिप–२०८१’ वडा अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ । ‘राष्ट्रिय खेलाडी बन्ने होड, उत्पादनमा जोड’ नाराका साथ पिप्ले यूवा क्लवको आयोजनामा उक्त फुटबल प्रतियोगिता हुन लागिएको पत्रकार सम्मेलन मार्फत आइतबार आयोजकले जानकारी जानकारी दिएको छ।

आगामी २७ मंसिरदेखि ३० मंसिरसम्म हुने प्रतियोगितामा मकवानपुर, बारा, पर्सा र चितवन गरि ४ जिल्लाबाट २० टिम सहभागी रहने क्लवका अध्यक्ष सुबिन घिमिरेल जानकारी दिए। उनले स्थानीय खेलाडी प्रबर्द्धन तथा उत्पादनको उद्देश्यले खेल आयोजना भएको बताए।

हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडाको क्याम्पा डाँडामा अवस्थित पिप्ले क्याम्पा रंगशालामा हुने उक्त प्रतियोगितामा विधागत पुरस्कार समेत दिइने आयोजकले जनाएको छ। आयोजकका अनुसार प्रतियोगिताका उत्कृष्ट फरवार्ड, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोल्डकिपर र उत्कृष्ट प्रशिक्षकलाई ३ हजार ५ सय रुपैयाँ विधागत पुरस्कार दिइनेछ। सोही विधागत पुरस्कार अन्तर्गत सर्वोत्कृष्ट खेलाडीलाई भने ५ हजार ५ रुपैयाँ दिइने बताइएको छ।

हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडाको आर्थिक सहयोगमा आयोजित प्रतियोगितालाई आवस्यक परेको खण्डमा हरेक किसिमको समन्वय गर्न हेटौंडा ५ नम्बर वडा कार्यालय तत्पर रहेको वडा अध्यक्ष सुशील घिमिरेले बताए। वडा अध्यक्ष घिमिरे क्लवका निवर्तमान अध्यक्ष समेत हुन्।

खेलको प्रत्यक्ष प्रशारण गोल्ड नेपाल डटकमबाट हेर्न सकिने बताइएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.