बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीमा श्रेष्ठ

हेटौँडा । बागमती प्रदेशको कार्यबाहक मुख्यमन्त्रीको पदको जिम्मेवारी प्रकाश श्रेष्ठले पाएका छन् । कृषि तथा पशुपन्छी विकासमन्त्री समेत रहेका उनलाई आजबाट लागू हुनेगरी प्रदेश प्रमुख दीपकप्रसाद देवाकोटाले कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएको हो ।

मुख्यमन्त्री बहादुरसिंह लामा बेलायत भ्रमणमा गएका छन् । मुख्यमन्त्ती लामा पारिवारिक भ्रमणका लागि आज प्रमुख स्वकीय सचिव छत्रबहादुर लामासहित बेलायत प्रस्थान गरेका हुन्।

उनी छोरीको दीक्षान्त समारोहमा सहभागी हुनका साथै धादिङ–नुवाकोट समाज र तामाङ समुदायद्वारा आयोजना गरिने विभिन्न कार्यक्रमहरूमा पनि सहभागी हुने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

मुख्यमन्त्री लामा विदेशमै रहने अवधि भर श्रेष्ठले सरकारका सम्पूर्ण कार्य, निर्णय र प्रतिनिधित्वको जिम्मेवारी सम्हाल्नेछन् । लामा करिब एक साता बेलायतमै रहनेछन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.