एसईईका परीक्षार्थीलाई कैलाश गाउँपालिकाले खाना र आवास व्यवस्थापन गर्ने

हेटौंडा मकवानपुरको कैलाश गाउँपालिकाले आफ्ना पालिकामा एसईई दिने परीक्षार्थीका लागि परीक्षा केन्द्रमा खाना र बासको व्यवस्था गर्ने भएको छ ।
परीक्षा अवधिभर विद्यार्थीलाई खाना र बासको लागि समस्या नहोस् भनेर गाउँपालिकाको खर्चमा उक्त व्यवस्था गरिने भएको हो । यस वर्ष गाउँपालिकाका पाँच वटा विद्यालयबाट १४९ जनाले परीक्षा फारम भरेका छन् । यस्तै ६७ जनाले ग्रेड वृद्धिका लागि फारम भरेका छन् ।

गाउँपालिकाको वडा नम्बर ९, नामटारस्थित कालिका माविमा पाँचवटा विद्यालयको केन्द्र कायम रहेको थियो । कैलाश–२ स्थित कमलादेवी मावि, कैलाश–३ स्थित भवानी मावि, कैलाश–६ स्थित व्यास मावि, कैलाश–८ स्थित धुवाङ मावि र कैलाश–१० स्थित रत्नज्योति माविबाट एसईईमा सहभागी हुने विद्यार्थीका लागि कैलाश–९ स्थित कालिका माविमा परीक्षा केन्द्र तय गरिएको हो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.