मनहरीमा नवजात शिशुको शव फेला

हेटौंडा मकवानपुरको मनहरी गाउँपालिकामा सालनाल सहितको नवजात शिशुको शव फेला परेको छ । मनहरी गाउँपालिका ७ स्थित डम्पिङसाइटमा नवजात शिशु (छोरी)को शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

स्थानीयले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय मनहरीका प्रमुख (प्रहरी निरीक्षक) विशाल सापकोटा नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो । शव कस्ले फालेको भन्ने विषयमा केही नखुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शवको अवस्था हेर्दा एकदुई दिन अगाडी मात्रै जन्माएर फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । यस विषयमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।्

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.