हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा सालनाल सहितको नवजात शिशुको शव फेला परेको छ । मनहरी गाउँपालिका ७ स्थित डम्पिङसाइटमा नवजात शिशु (छोरी)को शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
स्थानीयले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय मनहरीका प्रमुख (प्रहरी निरीक्षक) विशाल सापकोटा नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो । शव कस्ले फालेको भन्ने विषयमा केही नखुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शवको अवस्था हेर्दा एकदुई दिन अगाडी मात्रै जन्माएर फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । यस विषयमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।्
प्रतिकृया दिनुहोस्

















