पेस्तोलसहित दुइजना भारतीय पक्राउ

हेटौंडा मकवानपुर प्रहरीले अवैध हतियार पेस्तोलसहित दुइजना भारतीय नागरिकलाई पक्रेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ बाट पेस्तोल र गोलीसहित दुइजनालाई पक्रेको हो ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य सिहुहर जिल्ला धनहरा ग्राम बस्ने २२ वर्षका धिरज कुमार र भारतको बिहार राज्य मोतीहारी जिल्ला बहरी ग्राम बस्ने २६ वर्षका दीपक कुमार रहेका छन् । प्रहरीले उनीहरुको साथबाट एक राउण्ड गोली लोड भएको ९ एमएमको अटो पेस्तोल र सलाईको बट्टाभित्र लुकाएको अवस्थाको थप २ थान गोली ३ बरामद गरेको छ ।

गौरबाट हेटौंडातर्फ आउँदै गरेको ना ८ ख ८७७३ नम्बरको बसलाई चेकिङको क्रममा अवैध हतियारसहित दुइजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख (प्रहरी उपरीक्षक) विश्वराज खड्काले जानकारी दिए । ‘विशेष सूचनाको आधारमा प्रहरी चौकी रातोमाटे र अस्थायी प्रहरी पोष्ट हरियालीको टोलीले चेकिङ गर्ने क्रममा पेस्तोलसहित दुइजना भारतीयलाई पक्राउ गरेका हौं’, प्रहरी उपरीक्षक खड्काले भने, ‘प्रारम्भिक अनुसन्धानबाट हेटौंडामा कसैलाई दिने गरी ल्याएको भन्ने जानकारीमा आएको छ ।’ यस विषयमा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले बताए । अपराधिक क्रियाकलाप हुने स्थानमा यसअघि पनि हातहतियार किनबेच हुने गरेको प्रहरी उपरीक्षक खड्कको भनाई छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.