हेटौंडा । रक्तसञ्चार केन्द्र हेटौंडाले चालु आर्थिक वर्षको साउनदेखि फागुन महिनाको अवधिसम्म २ हजार १ सय पिन्ट रगत संकलन गरेको छ । विभिन्न संघ, संस्थाको आयोजनामा हुने रक्तदान कार्यक्रम र रक्तसञ्चार केन्द्रमै आएर रक्तदान गर्ने व्यक्ति गरी उक्त रगत संकलन भएको रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक लक्ष्मण भट्टराईले जानकारी दिए ।
उनका अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि फागुनसम्म २१ सय जना रक्तदाताले रक्तदान गरेका छन् । रक्तसञ्चार केन्द्र हेटौंडाले संकलन गरेको रगत हेटौंडामै रहेका स्वास्थ्य संस्थामा उपचार गराउने विरामी र छिमेकी जिल्ला चितवनमा रहेका अस्पतालमा उपचार गराउने विरामीका लागि उपयोग हुने गरेको छ ।
प्रतिकृया दिनुहोस्

















