बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार नीर शाहलाई प्रदान

हेटौँडा १६ औं संस्करणको बिजुलीमाया वन श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०८१ कलाकार तथा गीतकार नीर शाहलाई प्रदान गरिएको छ । भीम विराग संगीत साहित्य कला प्रतिष्ठानले एक कार्यक्रमको आयोजना नेपाली गीतसंगीतको क्षेत्रमा अतुलनीय योगदान पु¥याएको चन्दै शाहलाई नगद एक लाख रुपैयाँ राशीको पुरस्कार प्रदान गरिएको हो ।

शाहले विगत पाँच दशकदेखि निरन्तर आधुनिक गीतदेखि चलचित्र क्षेत्रमा समेत योगदान पु¥याइरहेको छ । उद्यमी व्यवसायी श्री कन्हैयाकृष्ण श्रेष्ठले ममतामयी आमा बिजुलीमाया वनः श्रेष्ठको नाममा २०६४ सालमा अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार स्थापना गरेको हो ।

यसअघि यस पुरस्कारबाट अम्बर गुरुङ, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, शान्ति ठटाल, दीप श्रेष्ठ, प्रकाश श्रेष्ठ, न्हुच्छेबहादुर डङ्गोल, मीरा राणा, कर्म योञ्जन, चेतन कार्की, दावा ग्याल्मो, दीपक जङ्गम,किरण प्रधान, राजेन्द्र थापा सम्मानित भैसकेका छ्न्

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.