मध्यवर्ती क्षेत्र हटाउनु पर्छ ः मुख्य सचेतक बर्तौला

हेटौँडा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले मध्यवर्ती क्षेत्र खारेज गर्नुपर्ने बताएको छ । मध्यवर्ती क्षेत्रको कारण मनहरी गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाका केही वडामा जनताको जीवनशैली असहज भएको र विकास निर्माणको काममा समेत बाधा पुगेको उनले बताए ।

शनिबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै मुख्य सचेतक बर्तौलाले मनहरीमा रहेको नदी उकाश जमिनमा मध्यवर्तीले काम गर्न नदिएको बताए । सरकारले बनाएको ऐन भन्दा निकुञ्जको नियमावली हावी भएकोमा समेत उहाँले असन्तुष्टि जनाए । कानुन निर्माणमा पनि कर्मचारी तन्त्रले अनावश्यक हस्तक्षेप गर्न खोजेको समेत उनले गुनासो गरे । मुख्य सचेतक बर्तौलाले अन्र्तराष्ट्रिय प्रतिबद्धताहरु राष्ट्र र जनताको हितमा राखेर गर्नुपर्नेमा समेत जोड दिए ।

मुख्य सचेतक बर्तौलाले हेटौंडा सिमेन्ट र उदयपुर सिमेन्ट उद्योग बन्द गरेर निजी उद्योगबाट सिमेन्टको मुल्य बृद्धि गर्नु गलत भएका बताउनुभयो । सरकारको व्यवस्थापकीय त्रुटिको कारण आज सरकारी उद्योगहरु बन्द हुने अवस्थामा पुगेको उनको भनाई छ । मुख्य सचेतक बर्तौलाले लगानीको वातावरण सिर्जना गरेर सार्वजनिक निजी साझेदारीमा उद्योग सञ्चालन गर्ने मनस्थितिमा सरकार पुगेको बताए ।

मुख्य सचेतक बर्तौलाले भुमिहिन, सुकुम्बासी नागरिकहरुको सहजताको लागि सरकारले अध्यादेश ल्याएको समेत स्पष्ट पारे । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघकी केन्द्रिय अध्यक्ष निर्मला शर्मा, बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाई, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी, हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष नरेन्द्र भण्डारी लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.