राष्ट्रपति पौडेल आज मकवानपुर आउँदै

file-photo

हेटौंडा राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई मधेश द्रुतमार्गको निर्माण कार्यको अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल आज मकवानपुर आउँदैछन् । राष्ट्रपति पौडेल बिहान ९ः३० बजे नेपाली सेनाको हेलिकप्टरमार्फत बकैया–११ स्थित लेनडाँडा आइपुग्ने जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए ।

द्रुतमार्ग निर्माणको प्रगति र चुनौतीहरूको बारेमा जानकारी लिने उद्देश्यले राष्ट्रपति पौडेलले यो भ्रमण गर्न लागेका हुन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.