हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा लागु औषधको दुष्चक्रमा परेका व्यक्तिहरूलाई समाजमा पुनःस्थापित गर्न उद्देश्य राखी सञ्चालित विशेष तालिम शनिबार सम्पन्न भएको छ । सिआन पुनःस्थापना केन्द्र हेटौंडाको आयोजनामा र बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको सहयोगमा २७ मंसिरदेखि सुरु भएको यो तालिमले ११० सहभागीलाई थ्रीडी पेन्टिङ, कफी बनाउने सीप, र मौरीपालन जस्ता व्यावसायिक सीप प्रदान गरिएको थियो ।
समापन समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले यस्ता तालिमले लागु औषधको दलदलमा परेकालाई नयाँ जीवन दिने विश्वास व्यक्त गरिन्। “सिआन पुनःस्थापना केन्द्रले समाज सुधारका लागि उत्कृष्ट काम गरेको छ । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई प्रोत्साहन गर्नेछौं,” उनले भनिन् ।
कार्यक्रममा सिआन पुनःस्थापना केन्द्रका अध्यक्ष बिजेन्द्र अग्रवालको सभाध्यक्षतामा, कार्यकारी निर्देशक सौजन डी.सी., गैसस मकवानपुरकीअध्यक्ष रमिला सापकोटा, र अन्य विशिष्ट व्यक्तिहरूले मन्तव्य व्यक्त गरेका थिए । 
यस्ता कार्यक्रमले लागु औषध दुरुपयोगको समस्या समाधान गर्न मात्र नभई समस्यामा परेकालाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । मकवानपुर जिल्लामा २०७३ सालबाट सञ्चालनमा आएको सिआन पुर्नस्थापना केन्द्रले लागुऔषध दुव्र्यसनीमा फसेका व्यक्तीहरुको विभिन्न तरिकाको उपचार पद्धतीबाट दुव्र्यसनी छुटाउने कार्य गर्दैआइरहेको छ । उपचार अवधि ६ महिनाको हुने र आवश्यक परेको खण्डमा समय थप गर्दै लैजाने व्यवस्था रहेको छ ।















