हेटौंडा । सामाजिक संजाल टिकटकबाट उदाएका नयाँ पुस्ता माझ चर्चित हेटौंडाका ईन्द्रमान आत्मा उर्फ ‘आलु दाई’ले क्यान्सर पिडितलाई नगद सहयोग गरेका छन् । विहिबार हेटौंडा १५ जातेकी स्तन क्यान्सर पीडित विमला गोलेलाई भेटेर उनले नगद सहयोग गरेका हुन् ।
मोरङ बेलबारी महोत्सवमा गीत गाउँदा पाएको पारिश्रमिकबाट पाँच हजार एक सय रुपैयाँ क्यान्सर पीडित गोलेलाई हस्तान्तरण गरेको उनले बताए । उनका अनुसार उनले विभिन्न संघ संस्था र यस्तै पिडितहरुलाई आवस्यक्ता अनुसार सहयोग गर्दै आइरहेका छन् ।
उनी टिकटक र युट्युब लगायतको सामाजिक संजालमा ‘आलु दाई’ नामबाट परिचित छन् । उनले हालै शर्मिला वाईबासँगको ‘ए सरकार रोजगार दे’ म्यूजिक भिडियो सार्वजनिक गरेका थिए।
यसअघि उनको ‘आलु हरायो’, ‘तिम्रो बुढा बिदेशमा हो’ र ‘सेलरोटीमा दुलो कसले बनायो’ जस्ता व्यङ्ग्यात्मक गितहरु टिकटकमा धेरै रुचाएका छन् । उनले सामाजिक संजालमा चर्चा पाएसँगै विभिन्न जिल्लामा व्यवसायिक रुपमा मञ्चमा आफ्नो प्रस्तुती दिँदै आएका छन् ।

















