हेटौंडा । नेपाली कांग्रेसको विद्यार्थी भातृ संगठन नेपाल विद्यार्थी संघ गुल्मी जिल्लाको सभापति पदको जिम्मेवारी सीजन रानाले पाएका छन् । मंगलबार रिक्त रहेको संघको जिल्ला सभापति पदको जिम्मेवारी रानाले पाएका हुन् ।
संघले जिल्ला शाखालाई बोधार्थ दिँदै उनलाई मनोनयन पत्र दिएको हो । नेपाल विद्यार्थी संघको विधान २०२७ को सातौं संसोधन २०७२ बमोजिम तीन महिना भित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरि उनलाई जिम्मेवारी दिइएको संघले जनाएको छ ।
उनको मनोनयनले संघले थप उचाई प्राप्त गर्ने विश्वास लिएको छ ।

प्रतिकृया दिनुहोस्

















