बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता बस्ने तयारी

हेटौँडा । बागमती प्रदेशसभाको बैठक कात्तिक तेस्रो साता बस्ने तयारी भइरहेको छ । छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको उपसभामुख अप्सरा चापागारईँले जानकारी दिइन् ।

उपसभामुख चापागारईँका अनुसार, बैठकका लागि प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग छलफल भइरहेको छ ।

राजनीतिक दलका नेताहरुसँग परामर्श भइरहेको र उनीहरुसँगको परामर्श पश्चात प्रदेशसभाको बैठकको मिति घोषणा गरिने उनको भनाई छ ।

हेटौँडा उपमहानगरपालिका–२ स्थित मुख्यमन्त्री कार्यालयको सभाहलबाट बैठक सञ्चालन गर्ने गरी प्रदेश सरकारले तयारी थालिएको उनले बताइन् । प्रदेशसभाको सभाहल जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनीबाट ध्वस्त भएपछि मुख्यमन्त्री कार्यालयको सभाहलबाट बैठक सञ्चालन गर्ने तयारी गरिएको हो ।

जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त बनेको सो हललाई सामान्य मर्मत गरेर प्रदेशसभा सञ्चालन गर्ने तयारी भइरहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले बताए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.