भीमफेदी गाउँपालिकाद्वारा उच्च अदालत पाटन हेटौँडा इजलासलाई प्राविधिक सामग्री सहयोग

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाले उच्च अदालत पाटन, हेटौँडा इजलासलाई प्राविधिक सामग्री सहयोग गरेको छ । अदालतलाई पालिकाले २ थान कम्प्युटर र ३ थान प्रिन्टर सहयोग गरेको हो ।

भदौं २घ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा उच्च अदालत पाटन, हेटौँडा इजलास भवन र त्यहाँ रहेका अधिकांश सामग्री जलेर नष्ट भएको थियो । अदालतका दैनिक कामकाज सञ्चालनमा कठिनाई उत्पन्न भएको अवस्थामा पालिकाले बिहीबार एक कार्यक्रमबीच उक्त सामग्री सहयोग गरेको हो ।

भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले उच्च अदालत पाटन, हेटौँडा इजलासका निमित्त रजिष्ट्रार बद्री प्रसाद लामिछानेलाई सो सामग्रीहरू हस्तान्तरण गरेका हुन् । सो क्रममा बोल्दै अध्यक्ष लामाले राज्य नै विषम परिस्थितिबाट गुज्रिरहेको बेला न्याय निरुपणको महत्वपूर्ण कार्यमा सघाउ पुर्याउनका लागि गाउँपालिकाले सामग्री प्रदान गरेको बताए ।

यस्तै, पालिकाले भीमफेदी कारागारमा पनि कम्प्युटर लगायतका सामग्रीहरू प्रदान गरेको थियो । सामग्री हस्तान्तरण कार्यक्रममा भीमफेदी गाउँपालिकाका उपाध्यक्ष संजिव श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत जीवन कुँवर, अदालतका अधिकृत जय प्रकाश घिमिरे लगायतकाको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.