सहिद आकाश मेमोरियल क्याम्पस, हेटौंडाको ‘टेकनोभा फेष्ट २०८२’ सम्पन्न

हेटौंडा । सहिद आकाश मेमोरियल क्याम्पस, हेटौंडा मकवानपुरले आज हेटौंडामा ‘टेकनोभा फेष्ट २०२५’ सम्पन्न गरेको छ । कार्यक्रममा एआई विज्ञ इन्जिनियर सर्वज्ञ न्यौपानेले ‘एआई ईन ईन्डष्ट्री’ र साईबर सेक्यूरिटी विज्ञ इन्जिनियर विजय गौतमले ‘ईमर्जिंग ट्रेन्ड्स ईन आईटी’ विषयमा पेपर प्रस्तुत गरेका थिए ।

क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले तैयार गरेको ‘च्याट बट’, ‘फिसिंग अट्याक’, एआई भ्वाईस एक्सप्लेनर’, क्यारियर पाथ न्याभिगेटर’ र ‘टेक टर्म एक्सप्लेनर’ बिषयक डेमोहरु समेत प्रस्तुत गरिएको थियो ।

हेटौंडा उपमहानगरपालिकाको मेयर मिनाकुमारी लामाले उद्घाटन गर्नुभएको आईटी फेयरमा १२ कक्षा पास गरेका करिब एक सय विध्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सूरी टेक्नोलोजी प्रालि, आरएमसी केमिकल ईन्डस्ट्री, सफ्टी हाईजेनिक प्रोडक्ट पालि, मल्टीपल आईरन प्रालि, स्टील्स एण्ड प्लाष्टिक उध्योग, एकता प्लाष्टिक्स प्रोडक्ट्स प्रालि लगायतसॅग बिध्यार्थीहरुको ‘ईन्टर्न र रोजगारी’को लागि समझदारी पत्रमा हस्ताक्षर समेत गरिएको थियो । यसलाई आगामी दिनमा अझ विस्तार गरेर लैजाने बताइएको थियो।

कार्यक्रममा सन्चालक समितिका अध्यक्ष विजय गौतम, हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रमुख पुरनबहादुर जोशी, क्याम्पसका प्रमुख दिनेश सुवेदी लगायतले बिध्यार्थीको क्यारियर केन्द्रीत सम्बोधन गरेका थिए ।

क्याम्पसमा अध्ययनरत विध्यार्थीहरुको क्लब क्ब्ःऋ त्भअज ऋगिद को आयोजनामा रोयल पार्टी प्यालेस हेटौंडामा सम्पन्न कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष महेश मोक्तानले गरेका थिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.