साउन २७ गते विश्वासको मत लिँदै बागमतीका मुख्यमन्त्री, कांग्रेसद्वारा तीन बुँदे ह्वीप जारी

file-photo

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले दलका नेतासमेत रहेका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँल यही साउन २७ गते विश्वासको मत लिने भएका छन् ।

केही दिन अघिमात्रै मुख्यमन्त्री बनेका बानियाँले नेपालको संविधानको धारा १६८ उपधारा (४) र प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिन लागेका हुन् ।

त्यसको लागि बागमती प्रदेश सभा सचिवालयले उक्त अपराह्न ४ बजेका लागि बैठक डाकिसकेको छ । बानियाँको विश्वासको मतका लागि नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको हिजो साउन २४ गते काठमाडौंमा बसेको बैठकले तीन बुँदे ह्वीप जारी गरेको छ ।

कांग्रेस संसदीय दलको ९ सदस्यीय कार्यसमिति गठनसँगै बसेको बैठकले ह्वीप जारी गर्ने निर्णय गरेको प्रदेशसभा सदस्य तथा दलका प्रवक्ता सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

उनका अनुसार, बैठकमा अनिवार्य उपस्थित हुने, तटस्थ नबस्ने, र विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो ।

बानियाँ नेपालको संविधानको धारा १६८ (२) अनुसार साउन २० गते मंगलबार बागमती प्रदेशको छैठौं मुख्यमन्त्री बनेका हुन् । उनलाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

बानियाँले हिजो सोमबार कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदको समर्थनसहित मुख्यमन्त्री पदमा दाबी पेश गरेका थिए । प्रदेश प्रमुख देवकोटाले आज मंगलबार दिउँसो २ बजेभित्र संविधानको धारा १६८ ९२० अनुसार बहुमतको सरकार गठनका लागि सोमबार आह्वान गरेका थिए ।

यस्तै, बैठकले लामिछानेलाई प्रवक्तामा चयन गर्दै छिरिङ दोर्जे लामा र विनु रायमाझी पौडेलसहितको ३ सदस्यीय अनुशासन समिति गठन गरेको छ ।

साथै बैठकले साउन २७ गते दिउँसो १ बजे कांग्रेस संसदीय दलको कार्यालय, हेटौंडामा दलको अर्को बैठक बस्ने निर्णय पनि गरेको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.