कैलाशमा सीप पश्चात प्रविधि हस्तान्तरण

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ८ भार्तामा सीप तालिम पश्चात प्रविधि हस्तान्तरण गरिएको छ ।

गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) को १० दिने एडभान्स हाते ट्याक्टर मर्मत तालिम पश्चात समूहमा प्रविधि हस्तान्तरण गरिएको हो ।

तालिम गत चैत्र २९ गतेदेखी १० दिन सञ्चालन भएको गाउँपालिका उद्यम विकास शाखा प्रमुख प्रमिला अर्यालले बताईन् ।

तालिममा सहभागी भएका १६ जनालाई ट्याक्टर मर्मत गर्ने टुल्स व्याग प्रदान गरिएको उनले बताईन् । एक लाख ६० हजार लागतको टुल्सहरु १६ जनालाई प्रदान गरेका छौं, बिग्रेका हाते ट्याक्टर मर्मत गर्नेछन्, उनले भनिन् ।

सीप सँगै आयआर्जन वृद्धि हुने हेतुले तालिम प्रदान गरिएको उनले बताईन् ।

वडा नम्बर ८ का वडाध्यक्ष आशिष प्रजाको अध्यक्षतामा उक्त टुल्सहरु वितरण गरिएको थियो । अध्यक्ष प्रजाले बिग्रिएका हाते ट्याक्टरहरु मर्मत गरि आफ्नो सीपलाई निर्खान आग्रह गरेका थिए ।

कार्यक्रममा वडा सचिव प्रकाश अर्याल, उद्यम विकास शाखा प्रमुख प्रमिला अर्याल, कृषि प्राविधिक प्रताप थिङ, प्राविधिक रुपक मल्ललगायतको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.