मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिकामा सामुदायिक विद्यालय स्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ । द ग्रीन तारा नेपालको आयोजनामा तथा मनहरी गाउँपालिकाको आर्थिक सहयोगमा आयोजित उक्त प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो ।
कार्यक्रम द ग्रीन तारा नेपालकि अध्यक्ष सुमीरा थिङको सभाध्यक्षता एवम् मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरको प्रमुख आतिथ्यतामा भएको हो ।
प्रतियोगिता मनहरी गाउँपालिका भित्रका विभिन्न ९ वटा सामुदायिक विद्यालयमा आयोजना गरिएको थियो । सो क्रममा १०५ वटा कविता प्राप्त भएकोमा पहिलो चरणको छनोटबाट अन्तिम चरण (फाइनल) को लागि १७ वटा कविता छनोट गरिएको थियो ।
फाइनलमा सहभागीमध्ये सरस्वती लामिछानेले प्रथम पुरस्कार प्राप्त गरिन् । उनले नगद १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरिन् ।

यस्तै, आर्बिन रेग्मी मगर द्वितीय र बिन्दु थिङ तृतीय भएका थिए । उनीहरुलाई क्रमशः नगद १० हजार र ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो भने सान्त्वना भएका गुराँस लामा मोक्तान र रेस्मा बानियाँलाई नगद एक÷एक हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगितामा छवि अनित्य, शान्ति प्रिया बन्दना र भावना सापकोटाले निर्णायकको भूमिका निभाएका थिए ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा शिक्षा शाखा प्रमुख प्रदिप अधिकारी, सामाजिक विकास शाखा प्रमुख ज्ञानेन्द्र ढकाल, शिक्षक प्रतिनिधिहरु पवित्रा ढुंगाना, आरती बिक, राहुल ढुंगेल, शान्ता दाहाल, रामचन्द्र तिमल्सिना, साधुराम रिजाल, सुशील गौतम, धुर्व कुमारी रेग्मी र हिमालय सुवेदी, सहजकर्ता आशिष दुलाल र विद्यार्थीहरु लगायतको सहभागिता रहेको थियो ।

















