मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–९ स्थित श्री लेकाली बसीफाँट माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरूले विपद् प्रभावितका लागि १७ हजार १५१ रुपैयाँ सहयोग गरेका छन्।
विद्यालयका शिक्षक तथा विद्यार्थीले स्वेच्छिक रूपमा संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
रसुवाको भोटेकोसीमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम संकलन गरिएको प्रधानाध्यापक राममणी अर्यालले बताए। उनका अनुसार विद्यालयले विद्यार्थीमा शैक्षिक ज्ञानसँगै मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र सेवाभाव विकास गराउने उद्देश्यले यस्ता सामाजिक गतिविधिमा सहभागिता जनाउँदै आएको छ।
‘सानो–सानो सहयोगले विपद्मा परेका व्यक्तिका लागि ठूलो आशा र राहत बन्न सक्छ’ भन्ने भावनाका साथ सहयोग गरिएको उनको भनाइ छ।














