हेटौँडा । हेटौँँडा बचत तथा ऋण सहकारी संस्था लि.हेटौँडा–७ नागस्वतीले आयोजना गरेको सात दिने ब्युटिसियन तालिमको गरिएको छ । गत जेठ २१ गते उद्घाटन भएको तालिमको आज समापन गरिएको हो ।
समापन कार्यक्रम संस्थाका अध्यक्ष इन्द्र बहादुर बस्नेतको सभाध्यक्षता तथा हेटौँडा–७ का वडाध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्यतामा भएको हो । सो क्रममा बोल्दै उनले सहकारीले आर्थिक सेवासँगै स्थानीय तहमा स्वरोजगारमूलक तालिम सञ्चालन गरेर समुदायको जीवनस्तर उकास्न सक्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष विजय बहादुर बस्नेत, प्रबन्धक रामशरण गौतम, तथा महिला उपसमितिकी संयोजक उर्मिला चौलागाईंको उपस्थिति रहेको थियो। चौलागाईंले स्वागत मन्तव्य राखेको कार्यक्रमको कोषाध्यक्ष पार्वती ढकालले सञ्चालन गरेका थिइन् ।
तालिममा ब्युटिसियन उर्मिला अधिकारीले सहजिकरण गरेकी थिइन् भने तालिमका विषयमा जानकारी सहकारीका सूचना अधिकारी सुशिल सुवेदीले दिएका थिए ।

महिला उपसमितिको पहलमा सञ्चालित उक्त तालिममा ६५ जना महिला शेयर सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। हेटौँडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाले गरेकी थिइन् ।
सहकारीको सात सिद्धान्तमध्ये एक ूशिक्षा, तालिम र सूचनाू लाई आत्मसात गर्दै संस्थाले आफ्ना सदस्यहरूलाई व्यावसायिक तथा सिपमूलक तालिम प्रदान गर्दै आएको सहकारीका प्रबन्धक रामशरण गौतमले बताए ।














