बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले स्वीकृत

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतले स्वीकृत भएको छ ।

बुधबारको प्रदेश सभा बैठकमा सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्दा नीति तथा कार्यक्रम बहुमतले स्वीकृत भएको हो ।

त्यसअघि बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सदनमा उठेका प्रश्नको जवाफ दिएका थिए ।

उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम निकै उत्कृष्ट भएको दाबी गरेका थिए ।

बागमती प्रदेश सभाको बैठक यहि जेठ ३० गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको सभामुख पाठकले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.