हेटौँडा । मकवानुर प्रहरीले शुक्रबार बैंकर कसुर मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बस्ने ४० वर्षीया भवानी राना रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, जिल्ला अदालत मकवानपुरको विभिन्न मितिमा उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई पक्राउ गरिएको हो ।
जिल्ला अदालत मकवानपुरले उनलाई उक्त मुद्दामा एक महिना कैद र जरिवाना तोकेको थियो ।
पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबार्हीको लागि जिल्ला अदालत मकवानपुरमा बुझाएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस्

















