हेटौँडा–१४ मा ‘डम्फु पार्क’ निर्माण

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्वर १४ मा तामाङ समुदायको साँस्कृतिक बाजा पहिचानको प्रतीक ‘डम्फु’ पार्कको निर्माण गरिएको छ ।
शुक्रबार हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले हेटौंडा–१३ र १४ को सिमानामा निर्माण भएको डम्फु पार्कको उद्धाटन गरेकी हुन् ।

पार्कको उद्धाटन गर्दै मेयर लामाले तामाङ समुदायको सँस्कृतिसँग जोड्न र जोगाउन पार्कको निर्माण गरिएको बताईन् । उनले तामाङ समुदायको पहिचान डम्फु भएको बताउँदै हरेक कार्यक्रममा डम्फु नबजाई नहुने हुनाले यसको आवश्यक रहेको बताउँदै उक्त पार्क उपमहानगरपालिकाको गौरवको योजना अन्तर्गत रहेको बताईन् ।

हेटौँडा–१४ का वडाध्यक्ष दिपक खड्काले आफ्नो वडामा तामाङ समुदायको बाहुल्यता रहेको बताउँदै पार्कको महत्व रहेको बताए । उनले आगमी दिनमा पार्कलाई बिस्तार गर्दै लैजाने समेत प्रतिवद्धता व्यक्त गरे ।

उपमहानगरपालिकाको ५ लाख बजेटमा निर्माण भएको डम्फु पार्कले सबैको मन तानिरहेको छ । कार्यक्रममा हेटौंडा १४ का बिना थिङ, श्याम कुमार भोलन, १३ का वडा सदस्य रन्जु गोम्जा, श्री छोर्बा बोम्बो तथा डम्फु सेला संस्थाका अध्यक्ष तारा बहादु बम्जन लगायतको उपस्थित रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.