हेटौँडा । उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिका–९ मा रहेका किराना तथा खाद्यान्न पसलहरूमध्ये ७ वटा पसलको अनुगमन गरेको छ । बिहीबार भएको उक्त अनुगमन कार्यालय प्रमुख रामप्रसाद भुषालको नेतृत्वमा गरिएको हो ।
अनुगमनका क्रममा आलोक एण्ड आलिया जेनेरल स्टोर ले इजाजतपत्र बिना मदिरा, सुतीजन्य वस्तुहरू तथा म्याद नाघेका खाद्य सामग्री बिक्री गरेको पाइएपछि उक्त पसललाई १५ हजार रुपैयाँ जरिवाना गरिएको भुषालले जानकारी दिए ।

उनका अनुसार, उपभोक्ताबाट उजुरी प्राप्त भएपछि अनुगमन गरिएको हो । बजार अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च लगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस्

















