मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने कान्तिलोकपथ सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ ।
वर्षाका कारण बागमती नदीमा बाढी आउँदा कान्ति लोकपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाउँदा उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, डाइभर्सन बगाएपछि आज बिहान ६ बजेदेखि नै हेटौंडाबाट काठमाडौं जाने र काठमाडौंबाट हेटौंडा आउने गाडीको आवतजावत रोकिएको छ ।
अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको भन्दै उनले हेटौंडा–काठमाण्डौ यात्रामा यात्रु र गाडीलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छन् ।
प्रतिकृया दिनुहोस्

















