कैलाशमा ऐतिहासिक घाँटुनाच मेला : घाँसे तथा फापरे सेलो गीत प्रतियोगिता हुने

हेटौंडा । कैलाश गाउँपालिकाको वडा नम्बर–२ बैकुण्ठमा यस वर्ष पनि ऐतिहासिक घाँटुनाच मेला आयोजना हुने भएको छ। गाउँपालिकाको आर्थिक सहयोगमा बैशाख १९ र २० गते मेला सञ्चालन हुने आयोजकले जनाएको छ।

सो अवसरमा स्थानीय मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित घाँसे गीत तथा तामाङ फापरे सेलो ह्वाई प्रतियोगिता समेत आयोजना गरिनेछ। प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिहरूले समयमै नाम दर्ता गराउन आयोजकले अनुरोध गरेको छ। घाँसे गीत प्रतियोगितातर्फ प्रथम पुरस्कार २५ हजार, दोस्रो १५ हजार र तेस्रो १० हजार रुपैयाँ राखिएको छ।

त्यस्तै, तामाङ फापरे सेलो ह्वाई प्रतियोगितामा पनि प्रथम २५ हजार, दोस्रो १५ हजार र तेस्रो १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ। कार्यक्रम बैशाख १९ गते बिहान ९ बजेदेखि कैलाश–२ बैकुण्ठ खेलमैदानमा हुनेछ।

कैलाश २ नम्बर वडाअध्यक्ष राजेन्द्र घिसिङले मेला मार्फत स्थानीय संस्कृति जोगाउँदै नयाँ पुस्तामा हस्तान्तरण गर्ने लक्ष्य रहेको जानकारी दिएका छन्। उनले सम्पूर्ण स्थानीयबासी तथा दर्शकहरूलाई कार्यक्रममा उपस्थित भई अवलोकन गर्न समेत आग्रह गरेका छन्।

मेलाको व्यवस्थापन मेला तथा कार्यक्रम व्यवस्थापन समितिले गर्ने जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.