बागमतीमा प्रदेश युवा सम्मेलन हुँदै

मकवानपुर । बागमतीमा प्रदेश युवा सम्मेलन हुँदैछ । बागमती प्रदेश युवा परिषद्ले आगामी वैशाख २८ गतेदेखि ३० गतेसम्म ‘प्रदेश युवा सम्मेलन २०८२’ आयोजना गर्न लागेको हो ।

गत २०८० सालदेखि निरन्तर आयोजना हुँदै आएको उक्त सम्मेलन परिषद्को तेस्रो शृङ्खला हुन लागेको हो । प्रदेशभरबाट छनोट गरिएका तीन सय ५० युवा सम्मेलनमा प्रत्यक्ष सहभागी हुने छन् भने लाखौं युवालाई वेबसाइट, राष्ट्रिय टेलिभिजन र सामाजिक सञ्जालमार्फत प्रत्यक्ष सहभागितामा ल्याउने तयारी भइरहेको प्रदेश युवा परिषद् बागमतीका उपाध्यक्ष सन्तोष चौंलागाइले जानकारी दिए ।

उनका अनुसार युवा अध्ययन, रोजगारी र सीपका लागि देश–विदेशमा अवसरको खोजीमा लागिरहेको बेला उनीहरूलाई सरकारसँग जोड्ने उद्देश्यले सम्मेलनको अवधारणा ल्याइएको हो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.